राम्रो केश महिलाहरुको ३२ लक्षण मध्ये एक पर्न आउछ । महिलाहरुलाइ केशले निकै सुन्दर देखाउछ । मिलेको , बाक्लो तथा चम्किलो केशलाइ जस्तो शैलीमा ढाल्न सकिन्छ । परापुर्वकालदेखिनै महिलाहरु आफनो केशदेखि निकै संवेदनशील भएको इतिहासलाइ नियाल्दा अनुभव गर्न सकिन्छ । उबेलाका देवी तथा महारानीहरु बिभीन्न जडिबुटिहरुको प्रयोग गरी आफनो केशको स्याहार गर्थे । जटामसी , भृगराज , अमला , रिठा जस्ता जडिबुटि कपालमा प्रयोग गरिन्थ्यो । उनीहरुको केश निकै स्वस्थ्य तथा नरम हुन्थे । समयले कोल्टो फेर्दै जादा अहिले उक्त जडिबुटिहरुको जैविक तेलको मिश्रण गरी तयार गरिएका हेयर केयर उत्पादन बन्द बटामा हामी माझ आएको छ । औद्योगिक क्रान्तिसंगै अहिले यस्ता सौन्दर्य प्रसाधनका हजारौ ब्राण्ड बिश्वव्यापी रुपमा आएका छन । हरेक उत्पादनहरु आधुनिक तथा पारम्परीक प्रविधीबाट तयार भएका छन । कपाल झर्ने समस्या प्राय धरैमा देखिन्छ । तपाइले चिन्ता लिनु पर्दैन । यहा १ दिन मै कपाल झर्न समस्या बाट छुटकारा पाउन काे लागि हाेम मेड रेमेडि दिइएकाे छ ।
चाहिने सामाग्रिहरू
हेयर मास्क बनाउने विधि
प्रयाेग गर्ने विधि
हेयर ब्रसकाे सहायताले पुरै कापालकाे जरामा लगाउनुहाेस। लगाएर ३० देखि ४५ मिनेट छाेड्नुहाेस। त्यसपछि नर्मल दिनहु प्रयाेगर्ने स्याम्पुले धुनुहाेस।
चाहिने सामाग्रिहरू
- अलाे भिरा जेल
- प्याज
- घिउ
- नरिवलकाे तेल
- अडिरकाे तेल
हेयर मास्क बनाउने विधि
- पहिला सिङ्गै प्याजलाइ सानाे सानाे टुक्रा बनाएर काट्नुहाेस
- अलाे भिराकाे पातलाइ पनि सानाे सानाे टुक्रा बनाएर काट्नुहाेस
- काटेकाे प्याज र अलाे भिरा लाइ मिक्सर ग्राइन्ड ग्राइन्ड गरि पेस्ट बनाउनुहाेस अनि सफा कपमा राख्नुहाेस।
- त्यसमा २ टेवल चम्चा घिउ, २ टेवल चम्चा नरिवलकाे तेल र २ टेवल चम्चा अडिरकाे तेल मिसाउनुहाेस।
- त्यस मिश्रणलाइ राम्ररि मिसाउनुहाेस।
- तपाइकाे हेयर मास्क तयार भयाे ।
प्रयाेग गर्ने विधि
हेयर ब्रसकाे सहायताले पुरै कापालकाे जरामा लगाउनुहाेस। लगाएर ३० देखि ४५ मिनेट छाेड्नुहाेस। त्यसपछि नर्मल दिनहु प्रयाेगर्ने स्याम्पुले धुनुहाेस।
No comments:
Post a Comment