Pages

Thursday, September 29, 2016

ब्ल्याक हेड्सकाे ३ स्टेप्सकाे उपचार

१) हेयर फोलिकलको ओपनिङ सामान्यभन्दा बढी भए ब्ल्याक हेड्स बन्छ।     छाला तथा फोलिकलको ओपनिङबाट मृतकोशिकाहरू हटाउन हल्का एक्सफोलिएट गर्नुपर्छ। याे उपचारले ७ दिनमा नै तपाइकाे 
ब्ल्याक हेड्स र ह्वाइट हेड्सकाे उपचार गर्न सकिन्छ। 
- पहिला तातोपानीले तातोपानीको बाफ लिएर छालालाई नरम बनाउनुपर्छ। 
- अाधा चम्चा बेसार, १ चिया चम्चा चामलकाे पठाे, २ चियाचम्चा कागतिकाे रस र अाधा चिया चम्चा मह मिसाएर प्याक बनाउनुहाेस। 
- याे प्याक अनुहारमा लगाएर हल्का स्क्रब गर्नुहाेस ५ मिनेट सम्म। त्यसपछि चिसाे पानिले धुनुहाेस।
यसले तपाइकाे त्वचाकाे ब्ल्याकहेड्सालाइ सफा गर्ने काम गर्छ । 
स्क्रब प्रक्रिया पछि ४ चियाचम्चा पानिमा २-३ थाेपा टि ट्रि इसेन्सियल अाेयल मिसायर टाेनर बनाउनु पर्छ र यसलाइ स्क्रबिङ्ग पछि छालामा टाेनरकाे रूपमा लगाउनु पर्छ । यसले छालाकाे छिद्रला साघुराे र छालालाइ कसिलाे बनाइ भबिश्यमा ब्ल्याक हेड्सकाे काे समस्या राेकथाम गर्छ । 
- याे प्रकृिया ७ दिन सम्म गर्नुहाेस । 
२) छाला तैलीय छ भने तेल कम गर्न कलेमाक्स प्रयोग गर्नुपर्छ। मिन्ट, पिपरमेन्ट वा अन्य उत्तेजक तत्व नभएका मास्क प्रयोग गर्न सकिन्छ।
    कागतीको रस, बदामको तेल तथा ग्लिसरिनको घोल मुहारमा प्रयोग गर्नुपर्छ। यसबाट ब्ल्याक हेड्सबाट मात्र होइन मुहारको दागधब्बाबाट पनि छुटकारा प्राप्त हुन्छ।
    साँझतिर मुहारलाई भिजेको र तातो कपडाले मोइस्चराइज गर्न सकिन्छ। दैनिक राति कम्तीमा १५ मिनेट भिजेको कपडा अनुहारमा राख्नुपर्छ। यसबाट मृतकोशिका, धूलो एवं रोमछिद्रलाई अवरुद्ध गर्ने सबै कण हटाउन मद्दत प्राप्त हुन्छ। प्रयोगपछि कपडालाई उम्लिएको पानीमा हाल्नुपर्छ जसबाट कीटाणु तथा ब्याक्टेरिया मर्छन्।
    प्रभावित स्थानमा महलाई हल्का तताएर लगाई १० मिनेटपछि धुनुपर्छ। यसले प्राकृतिक पिलका रूपमा काम गर्छ र ब्ल्याक हेड्स निकाल्न मद्दत गर्छ।

No comments:

Post a Comment